कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको १० लाख बीमा दाबी हस्तान्तरण

  • शुक्रबार​ १५ साउन २०८३ ०९:४७ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । बना देवी बोहराका श्रीमानको दुर्घटनाबाट निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।