सशस्त्र प्रहरी बल, नेपालले समाजमा विभाजन र द्वेष उत्पन्न गराउने कुनै पनि गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले सार्वजनिक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पार्ने हिंसात्मक, गैरकानुनी तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका हुन् । सामाजिक शान्ति