सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपिल गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गरेका हुन्। संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा-ए-नेपालका