ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला : दुई जनाको पहिचान

  • शुक्रबार​ १५ साउन २०८३ ०८:५१ AM
काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेको छ ।  खोजीका क्रममा ४ वटा शव फेला परेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदले बताएका छन्। उनका अनुसार फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको छ। बाँकी दुई शवको पहिचान हुन बाँकी रहेको छ। शव फेला परेको पुष्टि भए पनि घटनामा कति आरोहीको मृत्यु भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धार अभियान भने जारी रहेको छ। को हुन् गुरुङ ... The post ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला : दुई जनाको पहिचान appeared first on Kalika Khabar.