आईजीपीकाे एक्सन : एआईजी, डीआईजी र एसएसपीलाई जिल्ला ताेकेर कमाण्डकाे निर्देशन

  • शुक्रबार​ १५ साउन २०८३ ०८:५६ AM
अशान्त बनेको मधेसका जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उच्च प्रहरी अधिकृतहरूलाई विभिन्न प्रदेश तथा जिल्लामा परिचालन गरेका छन्। पछिल्ला केहि दिन यता मधेशका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनालाई लिएर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रदेश