अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिमपटक १५ दिन थप

  • शुक्रबार​ १५ साउन २०८३ ०७:४३ AM
काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिमपटक १५ दिनको थप समय मागेको छ ।