मोरक्कोबाट स्पेनको सिउटा क्षेत्रमा हजारौं आप्रवासी प्रवेश, नौं जनाको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०२:०१ PM
मोरक्को : मोरक्कोसँगको सीमा पार गरेर उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त क्षेत्र सिउटा प्रवेश गर्ने क्रममा कम्तीमा ९ जना आप्रवासीको मृत्यु भएको छ । सिउटा सरकारका अनुसार पछिल्ला १० दिनमा १,५०० देखि २,००० जनासम्म आप्रवासी उक्त क्षेत्रमा प्रवेश गरिसकेका छन् । बिहीबार मात्रै थप सयौँ व्यक्ति सीमा पार गरी सिउटा पुगेपछि क्षेत्रीय राष्ट्रपति जेसुस भिभासले ‘पूर्ण मानवीय र सामाजिक आपतकाल’ घोषणा गर्दै सीमा नियन्त्रण पुनःस्थापित गर्न म्याड्रिडसँग सेना परिचालन गर्न आग्रह गरेका छन् ।स्पेनको ग