काठमाडौं : खीर खाएर साउन १५ मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । हाम्रो संस्कृति , हाम्रो पराम्परा भन्दै राष्ट्रिय खीर दिवसका अवसरमा खीर आयोजक समितिले काठमाडौंको अनामनगरमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।चामल, साबु