काठमाण्डु – प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ५२ वर्षीय भण्डारीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट शुक्रबार पक्राउ गरेको हो । सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले स्मार्ट सेल घोटाला प्रकरणमा छानबिन गर्न भण्डारीलाई पक्राउ गरिएको बताए । सञ्चालन अनुमति खारेज भएपछि स्वतः सरकारी स्वामित्वमा हुनुपर्ने स्मार्ट सेलको