बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

  • शुक्रबार​ १५ साउन २०८३ ०७:४३ AM
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मानव बेचविखनविरुद्धको विश्व दिवसको अवसरमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचविखन र ठगीको आयाम बद्लिएको परिवेशलाई विधेयकले सम्बोधन गर्ने बताएको छ । सहन्यायाधीवक्ता सोमकान्ता भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । मानव बेचबिखनको पृष्ठभूमि, अपराधमा संलग्नता र प्रभाव, मानव बेचबिखनसम्बन्धी कसुरको वर्गीकरण, कारण, स्वरुप,