कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०६:१७ AM
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो । दूतावासले उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले