कैलाली । ३२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका–५ बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।