महाराष्ट्रको भिवण्डीमा भवन भत्कियो,सातजनाको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
काठमाडौं : भारतको महाराष्ट्रको भिवण्डीमा चार तले घर भत्किदा सातजनाको मृत्यु भएको छ। भारी वर्षापछि आएको बाढीका कारण उक्त भवन भत्किएर सातजनाको मृत्यु भएको हो। भवनको भग्नावशेषमा दुईजना फसेको बताइएको छ। स्थानीय विधायक महेश चौगुलेका अनुसार उक्त भवन जोखिमयुक्त भवन घोषण गरिएको थियो। त्यहाँ बस्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो। उद्दपि केही मानिसहरूले भवनको पिलरको मर्मत गरिरहेको अवस्थामा उक्त घटना भएको हो।तिनीहरूमध्ये केही मजदुर र घटनमा फसेकाहरू एकै परिवारका सदस्य हुनसक्ने अनुमान गरिएको छ।&