तनाव बढेपछि प्रहरी र सशस्त्रका उच्च अधिकृतलाई मधेश पठाइयो

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५८ AM
काठमाण्डु – सुनसरीको देवानगञ्जबाट सुरु भएको प्रदर्शन मधेशका जिल्लामा पनि फैलिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूलाई मधेश पठाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर उच्च अधिकृतहरुलाई मधेशका जिल्लाहरुमा पठाइएको बताए । त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर