काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राजधानीको बानेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको पक्राउ सम्बन्धमा आधिकारिक जानकारी दिएको छैन । सीआईबीले पक्राउको कारण र अनुसन्धानको विषय सार्वजनिक गरेपछि मात्र उनीमाथि लागेका आरोपको कानुनी अवस्था स्पष्ट हुनेछ ।