गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

  • शुक्रबार​ १५ साउन २०८३ ०६:४४ AM
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कफ्र्युको अवस्था सिर्जना भएको छ । बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सुरुवातमा आन्दोलन शान्तिपूर्ण प्रदर्शन र नाराबाजीमै सीमित देखिए