काठमाडौं : पाकिस्तानको काराकोर क्षेत्रमा रहेको ब्रड पिकमा गएको हिमपहिरोमा दुई जनाको शव भेटिएको छ । शवको पहिचान भइसकेपनि आधिकारीक सूचना नआएकाले पहिचान खुलाउन नसकेको सेभेन समिट ट्रेक्सका,महाप्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए ।शव हेर्दा एक जना नेपाली र अर्को विदेशी जस्तो देखिएको पनि उनले बताए ।गुरागाईका अनुसार बिहीबार करिब १० बजेतिर भएको घटनामा प्रख्यात पर्वतारोही निम्स पुर्जा सहित अन्य १० जना हराएका थिए । हाल दुई जनाको शव भेटिएको र अन्यको खोजीकार्य भईरहेको जानकारी दिए । पाकिस्तानमा रहेक