धनुषा प्रहरीले भन्यो, ‘सबैलाको हत्यालाई धार्मिक द्वन्दसंग नजोड्नु’

  • शुक्रबार​ १५ साउन २०८३ १२:०१ PM
जनकपुरधाम : गएराति धनुषाको सबैला नगरपालिका १२ नहरचोक स्थित शिव मन्दिरमा भएको हत्याको घटनालाई धार्मिक द्वन्दसंग नजोड्न आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाको सबैला नगरपालिका १२ स्थित शिव हनुमान मन्दिर नहर चोकमा भएको घटना हत्या भएका पुजारी नभएको स्पष्ट पार्दै धार्मिक गतिविधिसँग नजोड्न आग्रह गरेको हो ।धनुषा प्रहरीले विज्ञप्ति जारी गर्दै मृतक बन्ठु राउत गडेरी रहेको र उनी कुनै पुजारी नभई मागी हिड्ने व्यक्ति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मधुसुदन न्य