काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्रीमती रेशु अर्याल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा परिषद्का पदाधिकारी एवं