मधेसमा उच्च सुरक्षा सतर्कता, जनकपुरमा प्रहरी र सशस्त्रका एआईजी खटाइए

  • शुक्रबार​ १५ साउन २०८३ ०५:१९ AM
सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सुरक्षा निकायले मधेस प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुरक्षा समन्वय र अवस्थाको प्रत्यक्ष अनुगमनका लागि सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको छ। दुवै जना जनकपुर पुगेर सुरक्षा अवस्थाको निगरानीमा खटिएका छन्।