काठमाडाैँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये दुई जनाको शव फेला परेको दाबी गरिएको छ। आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला परेको जनाएको हो। यद्यपि शव कसका हुन् भन्ने पहिचान भने अझै हुन बाँकी छ। यसैबिच, बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो। नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि ब्राेड ... The post ब्राेड पिकमा दुई शव फेला, खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकोप्टर परिचालन appeared first on Kalika Khabar.