शिक्षिका सृष्टिले मृत्यु अघि आमालाई भनिन्, ‘अब सहन गर्न सक्दिनँ, मम्मी...’

  • शुक्रबार​ १५ साउन २०८३ ११:०१ AM
भारत : ‘छ महिनादेखि सहँदै आएकी छु... अब सहन गर्न सक्दिनँ ।’ यी शब्दहरू भारत देहरादूनकी ३० वर्षीया सरकारी शिक्षिका सृष्टि कण्डारीले आफ्नो पीडा व्यक्त गर्दै भनेको भिडियोमा सुनिन्छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनी रोइरहेको अवस्थामा श्रीमान् र घरका सदस्यहरुबाट भएको कथित दुर्व्यवहारबारे बताइरहेकी देखिन्छिन् ।भिडियो सार्वजनिक भएपछि उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । देहरादूनको हर्रावालास्थित दिल्ली फार्म क्षेत्रमा बुधबार सृष्टि शंकास्पद अवस्थामा मृत फेला परेकी