तानसेन : यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले एक बर्षको अवधिमा २२ करोड १७ लाख ७१ हजार ११० रुपैंयाँ राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा कर्यालयले विभिन्न ९ वटा शीर्षकमा गत बर्ष भन्दा २ करोड बढी राजश्व संकलन गरेको हो । कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैंयाँ राजश्व संकलन गरेकोमा आ. व. २०८२/०८३ मा २ करोड बढी राजश्व संकलन भएको कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेले बताए । य