एजेन्सी । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कुमामोतो प्रान्तीय सरकारले बिहीबार दिएको पछिल्लो जानकारीअनुसार खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्यामा थप वृद्धि भएको हो । गत केही दिनयता क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर आएका शक्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पहरूका कारण उक्त क्षेत्रमा ठूलो