काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना, तिनथाना गैरीगाउँबाट ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना तथा हरूचोकबाट ... The post विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ appeared first on Kalika Khabar.