काठमाडौं : नेपालगन्ज–१९, बाँकेका रमेश पुनमगर बिहानै त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्छन्। तर, सर्भर चलेको छैन भन्दै कर्मचारीले उनलाई रित्तै फर्काइदिन्छन्।ईपीएस परीक्षाको फाराम भर्नुपर्ने भएकाले उनलाई जतिसक्दो चाँडो राहदानी चाहिएको छ। पाँच दिन धाउँदा पनि राहदानी हात नपरेपछि उनी चिन्तित छन्, किनकि ईपीएसको फाराम भर्ने म्याद अब तीन दिनमात्र बाँकी छ। ‘ईपीएस परीक्षाका लागि फाराम भर्नुछ भनेर मैले कति दिन आग्रह गरिसकेँ,’ उनी भन्छन्, ‘तर कर्मचारीहरूले बेवास्ता गर्दै तपाईं जानुस