सिरहा : आज पनि सिरहाको लहानमा जिल्ला प्रशासन कार्यालयद्वारा जारी भएको कर्फ्यु आदेश कायमै रहने जनाएको छ। बिहानै सूचना जारी गर्दै लहान क्षेत्र राजमार्गबाट ५०० मिटर वरिपरि कर्फ्यु आदेश जारी रहेकाले उक्त क्षेत्रका अत्यावश्यक सेवा र संचार गृह बाहेकका कार्यालय एवं प्रतिष्ठानहरू स्वत: बन्द रहने जनाएको छ। कर्फ्यु लागेको ठाउँमा नजान र अत्यावश्यक परेमा स्थानीय प्रहरीसँग समन्वय आग्रह गरिएको छ।सभा, नारा जुलुस र प्रदर्शन नगर्न आग्रह गरेका छन्। कर्फ्यु उल्लङ्घन गरे गोलीसम्म चल्न सक्ने सूचनामा उल्ले