सुनसरी : गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग ७ बुँदे सहमति भएपनि जिल्लामा जारी कर्फ्यु हटाइएको छैन।कर्फ्युका कारण इटहरी, धरान र बराहक्षेत्र नगरपालिका बाहेक सुनसरीका अधिकांश स्थानीय तह तथा मुख्य बजार शुक्रबार पनि बन्द रहेका छन्। मृतकका परिवारसँग सहमति भएसँगै आन्दोलन समाप्त भएपनि सरकारले कर्फ्यु कायमै राखेकाले जनजीवन अझै प्रभावित बनेको स्थानीयवासीको गुनासो छ।इनरुवाका स्थानीय दिलिप साहले म