सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनमा ज्यान गुमाएका गणेश यादवप्रति दुख व्यक्त गर्दै औरही गाउँपालिकाले आज शोक बिदा घोषणा गरेका छन् । गोली लागेर ज्यान गुमाएका १६ वर्षीय यादव औरही गाउँपालिका-२ तुलसीपुरका हुन् । उनी गोलबजारमा एक स्कुलमा पढ्ने विद्यार्थी समेत हुन् । खाना पकाउने ग्यास लिन गएको बेला उनलाई गोली लागेको थियो। आन्दोलनको क्रममा तोडफोड र आगजनी भइरहँदा नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।