राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०३:१९ AM
काठमाण्डु – राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले शुक्रबार बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो