काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा मारिएका गणेश यादवका आफन्तलाई भेट्दै छन् । सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु बिहीबार भएको थियो । यादवका आफन्तलाई भेट्न मन्त्री गुरुङ शुक्रबार सिरहा जाँदैछन् । सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेका बेला भएको झडपका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो