सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आईजीपी कार्कीको आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ ०३:४१ AM
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका हुन् । उनले धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ लामो समयदेखि सहअस्तित्वमा बाँच्दै