काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नौवटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ