भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेशन थिएटर भवन उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको राप्ती आँखा अस्पतालको दुईतले अपरेशन थिएटर भवनको शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रेन्डन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । भारतीय राजदूतावासका अनुसार