आगो निभाउने उपाय भाइचारा

  • शुक्रबार​ १५ साउन २०८३ ०८:०१ AM
सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा गत आइतबार नहुनुपर्ने घटना भयो। त्यसले हिंसात्मक रूप लिँदै मधेसका अन्य जिल्ला र देशका विभिन्न भूभागमा तनावको खतरा बढाएको छ। अब पनि यसको समयमा सही सम्बोधन नहुने हो भनी अवस्था अनियन्त्रित हुन सक्छ। र, हिंसा बढेर थप जनधनको क्षति हुने पक्का छ। ढिलो गरी भए पनि सरकारले आगो सरी सल्किन लागेको धार्मिक र जातीय द्वन्द्वलाई हल गर्ने प्रयास गरेको छ। यसमा पर्याप्त सुझबुझ र बुद्धिमत्ता प्रयोग गरी समाजलाई शान्ति र सद्भावको बाटोमा हिँडाउनु हामी सबैको पहिलो र साझा कर्तव