सिरहा : दिनभरि भएको आन्दोलन नियन्त्रणको क्रममा एक जना प्रहरीलाई पनि गोली लागेको छ। उनलाई उपचारका लागि विराटनगर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।उनीसहित २२ जना सुरक्षाकर्मी घाइते भएको जानकारी गराएको छ। जसमा ७ जना सशस्त्र प्रहरी छन्। प्रारम्भिक जानकारीअनुसार परियारको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल लगिएको छ। अरु स