प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो।