काठमाडौं : प्रधानमन्त्री बालेन शाहले धर्मले समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति भएको भन्दै कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने बताएका छन्।सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा केही दिनअघि भएका घटनापछि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति रहेको उल्लेख गरे। उनले एउटा स्थानमा भएको दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई दोषी ठहर गर्नु वा त्यसको प्रतिशोध अन्य स्थानमा फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हु