काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दु:ख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्णरूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दु:खद् घटनामा परी निधन भएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण