२३ सहसचिवको सरुवा, महिला आयोग र थारु आयोगमा नयाँ सचिव (सूची)

  • बिहीबार १४ साउन २०८३ ०८:५४ PM
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयमा कार्यरत २३ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले सरुवाको निर्णय गरेको हो । सरुवासँगै राष्ट्रिय महिला आयोग र थारु आयोगका सचिव पनि परिवर्तन भएका छन् । सरुवा सूचीअनुसार राष्ट्रिय महिला आयोगका सचिव सङ्कर हरि आचार्यलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । उनको स्थानमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई महिला आयोगको सचिवको जिम्मेवारी दिइएको छ । यस्तै, थारु आयोगका सचिव रुद्रप्रसाद लामिछानेलाई पनि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। उनको स्थानमा राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव बलराम ढकाललाई थारु आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।