विराटनगरमा उपचार हुन नसकेपछि गोलीकाण्डका घाइतेलाई लगियो काठमाडौं

  • बिहीबार १४ साउन २०८३ ०९:०० PM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको गोलीकाण्डमा गम्भीर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत १८ वर्षीय अमित यादवलाई बिहीबार साँझ काठमाडौं लगिएको हो। चिकित्सकका अनुसार देवानगन्ज–३ घर भएका यादवको बायाँ हात र कोखामा गोली लागेको थियो। शल्यक्रियामार्फत शरीरभित्रको गोली निकालिए पनि उनको अवस्था गम्भीर रहेकाले नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो। स्वास्थ