काठमाडौं। युवा अभियन्ता किरण बिकले आन्दोलन समाधानका लागि संघीय सरकारले सुरक्षा निकायमा मात्र निर्भर नभई स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने सुझाव दिनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बिकले स्थानीय तहदेखि संघीय तहसम्मका जनप्रतिनिधिलाई सक्रिय बनाउने हो भने आन्दोलनको समाधान सहज रूपमा खोज्न सकिने धारणा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभएको छ, “आदरणीय प्रधानमन्त्री ज्यू, संघीय सरकारले सेना, प्रहरी र एपीएफभन्दा पनि त्यहाँको स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दा समाधान निस्केला कि! हरेक जनप्रतिनिधिले १०–१५ जना आन्दोलनकारी फिर्ता बोलायो भने पनि आन्दोलन मत्थर हुन्छ। मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रदेश मन्त्री, ... The post आन्दोलन समाधानका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न किरण बिकको सुझाव appeared first on Kalika Khabar.