विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको देवानगन्ज जाँदै

  • बिहीबार १४ साउन २०८३ ०८:०१ PM
विराटनगर : गृहमन्त्री सुधन गुरुङ अहिले साँझ विराटनगर आइपुगेका छन्। बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा ओर्लिएका उनी सिधै सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जतर्फ जानेछन्। गृहमन्त्री आएसँगै मोरङ र सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। कप्तानगन्जमा पुगेर उनले गोलीकाण्ड भएको घटनास्थलको स्थलगत अनुगमन गर्ने छन्। गृहमन्त्रीले सुनसरी भ्रमणका क्रममा घटनास्थलको वस्तुस्थिति बुझ्ने, सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने तथा पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइन्छ।गृहमन्त्री गुरुङ