कप्तानगन्ज गोलीकाण्ड फरेन्सिक परीक्षणमा केन्द्रित

  • बिहीबार १४ साउन २०८३ ०८:०० PM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डको अनुसन्धान अब फरेन्सिक परीक्षणमा केन्द्रित भएको छ। घाइतेहरूको शरीरबाट शल्यक्रियामार्फत निकालिएको गोली र गोलीका अंशलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाअन्तर्गत फरेन्सिक ब्यालेस्टिक्स परीक्षण शाखामा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरेन्सिक परीक्षणबाट गोलीको क्यालिबर, प्रहार भएको हतियारबाट, गोलीको दिशा, दूरी तथा घटनासँग हतियारको सम्बन्ध वैज्ञानिक रूपमा यकिन हुनेछ