गृह मन्त्रालयमा धार्मिक सद्भावबारे हिन्दू र मुस्लिम धर्मका प्रतिनिधिसँग छलफल

  • बिहीबार १४ साउन २०८३ ०१:१६ PM
काठमाण्डु – मुलुकको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्ने विषयमा गृह मन्त्रालयमा बिहीबार साँझ उच्चस्तरीय छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा साँझ ६ बजेदेखि सुरु भएको छलफलमा गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, धर्मगुरु तथा सरोकारवालाहरूको सहभागिता छ । छलफलमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा,