जनकपुरधाम : सुनसरी घटनाको प्रतिक्रियामा मधेशमा समेत आन्दोलन उग्र भइरहँदा जनकपुरमा प्रर्दशनको क्रममा घाइते भएका भोगेन्द्र कुमार रामलाई अस्पताल लगिदिने कोही भएनन्। जनकपुरधाम उपमहानगरपालिका २० का राम प्रर्दशनमा सहभागी भइराख्दा उनलाई प्रहरीले लखेट्दै निर्घात कुटपिट गरेको थियो। कुटपिटबाट टाउको फुटेर रगत्ताम्य भएका उनी अस्पताल लगिदिनका लागि अर्काको सहयोग मागि राख्दा समेत सहयोग पाउन सकेनन् र अन्तमा एक्लै अस्पतालतर्फ हिंड्दै गए। नगरक्षेत्रमा प्रर्दशन उग्र भएपछि स्थानीय प्रशासनले दिउँसोबाट कर्फ