केन्द्रमुखी सोच र बाझिएका कानूनका कारण संघीयता कार्यान्वयनमा चुनौतीः सांसदहरू

  • बिहीबार १४ साउन २०८३ ०१:११ PM
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले केन्द्रमुखी सोच र संघ, प्रदेश तथा स्थानीय तहबीच बाझिएका कानूनका कारण संघीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले