सिरहाको एबी मलमा आगजनी

  • बिहीबार १४ साउन २०८३ ०६:०१ PM
सिरहा : सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ। प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि प्रदर्शनकारीले एबी मलमा आगजनी गरेका हुन्।सिरहाको विभिन्न क्षेत्रमा स्थिति तनावग्रस्त बनेको बताइएको छ। प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको छ।त्यस्तै सुभाष ठाकुर घाइते भएका छन्। स्थानीय र परिवारले मृतकको शवलाई बाटोमै राखेर प्रदर्शन गरिरहेका छन्। घाइते ठाकुरलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।