काठमाडौं : कुवेतमा गरिएको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । बिहीबार विहान गरिएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आक्रमणमा मारिएका नेपालीको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयले मृत्यु हुने महिला हो कि पुरुष हुन् भन्ने समेत खुलाएको छैन । मन्त्रालयले राजदूतावास कुवेतका सम्बद्ध निकायहरू र कम्पनीसँग नजिकको सम्पर्कमा रहेको जनाउँदै घटनाका विषयमा थप व