काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव,सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।शुक्रबार अपिल जारी गर्दै राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा सबै नागरिकलाई एकता,आपसी सद्भाव,मित्रता र सहिष्णुता कायम राख्न आग्रह गरेका हुन्। घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुरक्षा र जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार आवश्यक प्रयासमा रहेको विश्वास पनि उ